माओवादी केन्द्र विहादीले गाउपालिका अध्यक्षलाई बुझायो ध्यानाकर्षण पत्र
अमृत भट्टराई , पर्वत । नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) विहादी गाउँपालिकाले विहादी गाउँ पालिका अध्यक्ष परविन गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समय स्थानीय तहको सरकार भए पनि जनताले पाउने सेवा सुविधा प्राप्त गर्ने वडामा निकै मुस्किल र धेरै धाउने गरेको पाइएको देखिन्छ । पछिल्लो समय विहादी गाउँपलिका भित्रका केही वडाहरुमा जनता बाट निर्वाचित जनप्रतिनिधिले राजनीति पुर्वाग्रहीका आफ्नो ढंगबाट विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पाइएको छ।
जसको फलस्वरूप जनताले नै जिताएका जनप्रतिनिधि प्रति जनता र राजनीतिक दलको आकर्षक को सट्टा निराश र आक्रोशित रहेको पाइन्छ । ध्यानाकर्षण पत्र बुझाउदै नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) विहादी गाउँपालिका अध्यक्ष ऋषिराम भुसालले भने यदि ध्यानाकर्षण पत्र बुझाएपछि पनि तेस्तै गतिविधि पाइएमा विहादी गाउँ पालिकाका सबै वडा मा दबाब मुलक कार्यक्रम गर्ने नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य हरि प्रसाद पौडेलले बताए ।







Comments