साेमनीमा निशुल्क अाखा शिविर सम्पन्न
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनीमा अाज निशुल्क अाखा शिविर सम्पन्न भएकाे छ । कालिका युवा क्लब साेमनीकाे अायाेजना तथा डा.बिनाेद निता कण्डेल अाखा अस्पताल परासीकाे प्राबिधिक सहयाेगमा निःशुल्क आँखा शिविर सम्पन्न भएकाे हाे ।स्थानीय समाजसेवी अनाेज यादवकाे अध्यक्षता तथा प्रतापपपुर गाउपालिका वडा न ३का वडा अध्यक्ष ऋषिदेव दासकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर गरेको हो पछिल्लो समय आँखा पाक्ने रोग फैलिइरहेको अवस्थामा क्लबले सचेतना समेत गराईएकाे थियाे ।लामाे समय देखि अन्ध्याराे जिवनमा बाचिरहेका अामनागरिकहरुले सेवा लिएका छन।खास गरि आर्थिक अभावका कारण उपचार सम्भव नभएकाहरुले सेवा लिएका छन ।गरीबसँग पैसा हुँदैन, स्वास्थ्य बिग्रँदा थला परेरै मरिन्छ। तर, यहाँ निःशुल्क सेवा पाएर जीवनमा नयाँ उज्यालो देखिन थालेको स्थानीय सेवाग्राही ले बताए ।शिविरमा ३५१ जनाको आँखाको चेकजाच गरिएको थियो,जसमा ५१ जनाको मोतियाविन्दु रहेकाेले शल्यक्रिया गरिने बताईएकाे छ ।







Comments