महेन्द्र माध्यमिक बिद्यालय साेमनीका कक्षा १०का बिद्यार्थीहरुलाई बिदाई
चैत २ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३स्थित रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूको बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन ।अाज कक्षा ९कि गुडिया यादवकाे अध्यक्षता तथा बिद्यालयका प्राधानाध्यापक याेगेन्द्र प्रसाद बनियाकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा कक्षा १०कि पुजा यादव ,सलाेनी गुप्ता ,शिक्षक रमेश बनिया लगायतले बाेल्नु भएकाे थियाे ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि याेगेन्द्र प्रसाद बनियाले विद्यार्थीमा शिक्षा संगै अनुशासनको पनि उत्तिकै महत्व रहेको बताउनु भयाे। “शिक्षा हासिल गर्नु मात्र होइन, अनुशासनमा दृढ रहनु पनि विद्यार्थीको सफलताका लागि अत्यन्तै जरुरी छ।साथै आगामी माध्यमिक तह कक्षा १० को एसईई परीक्षामा धैर्यतापूर्वक सिकेको ज्ञान निर्धक्क भएर उत्तरपुस्तिकामा उतार्न विद्यार्थीहरूलाई आग्रह गर्नु भयाे ।विद्यार्थीहरूलाई हतोत्साहित नहुने र आफुले आजसम्म अध्ययन गरेको ज्ञान प्रश्नले मागेका अनुसार उत्तरपुस्तिकामा उतार्न प्रेरित गर्नुभयो।यश बिद्यालय बाट याे बर्ष ४१जना बिद्यार्थी एसईई परिक्षामा सहभागी हुनेभएका छन।ग्रामीण क्षेत्रमा रहेकाे यश बिद्यालयले बिगत लामाे समय देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै अाएकाे छ ।कार्यक्रम लाई सहायक प्राधानाध्यापक दिगबिजय गाैरव थारुले सन्चालन गर्नु भएकाे थियाे ।






Comments