पर्वतको बर्राचौरमा रहेको आम्बारी माविका  विद्यार्थीलाई पोसाक सँगै शैक्षिक सामाग्री वितरण ।

 

 

अमृत भट्टराई ,पर्वत ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माविका विद्यार्थीलाई विद्यालयकी

प्रधानाध्यापक कमला पौडेल न्यौपानेले आफ्नो स्वर्गीय पिता मोतीलाल न्यौपानेको सम्झनामा १४ जना विद्यार्थीलाई पोसाक र चारजना विद्यार्थीलाई पोसाक सँगै जुत्ता मोजा वितरण गर्नुभएको थियो।

उहाँले विद्यार्थीलाई पोसाक वितरण गर्दै भन्नू भयो मेरो पिताले भन्नू हुन्थियो आफू सँग जे छ त्यो 

दुखी असाहयस बैलाई सेवा गर्नुपर्छ सेवा नै धर्म हो भनेर भनेको कुरालाई स्मरण गर्नुभएको थियो । 

 

सँगै सोही विद्यालयकि शिक्षिका देवी शर्मा चापागाईंले आफ्नो जन्मदिनको अवसरमा कक्षा १ देखि ५ सम्मका

असाहय तथा जेहन्दार विद्यार्थीलाई पोसाक सँगै शैक्षिक सामाग्री वितरण ।

Comments