सिटिजन्स बैक ईन्टरनेशनल लिमिटेड बेलाटारी द्वारा साेधपुछ/सहयाेग डेस्क काउन्टर हस्तान्तरण
पश्चिम नवलपरासी जिल्लाको प्रतापपपुर गाउपालिका वडा नं ९ मा रहेको सिटिजन्स बैक ईन्टरनेशनल लिमिटेड शाखा बेलाटारीले त्रिभुवन क्याम्पस बेलाटारी लाई साेधपुछ/सहयाेग डेस्क काउन्टर हस्तान्तरण गरेको छ ।शाखाको प्रमुख मनोहर चौधरीले त्रिभुवन क्याम्पस बेलाटारी का प्रमुख मनाेजधर दुवेदी लाई काउन्टर हस्तान्तरण गरिएकाे बैक का प्रमुख मनाेहर चाैधरीले जानकारी दिनु भयाे ।सहकार्य,सामाजिक र जिम्मेवारी काे मुख्य उदेश्य का साथ याे बैकले बिभिन्न किसिमकाे बैक बितिय साक्षरता ,जनचेतनामुलक कार्यक्रम, बैकिङ सेवा मा अामनागरिक काे पहुच बारे जानकारी गराउदै विभिन्न सामाजिक क्षेत्रमा कार्यहरु गर्दै अाएकाे चाैधरीले बताउनु भयाे।अाउने दिनमा यश क्षेत्रका सबै जनताहरुमा बैकिङ सेवा बारे जानकारी गराई सबै जनतालाई सबै अार्थिक काराेबार बैकिङ बाट गराउने लक्ष्य रहेकाे बताउनु भयाे ।







Comments