प्रथम स्ववियु कप अन्तर क्याम्पस स्तरिय भलिबल प्रतियोगिता सुरु

 

सुरेश यादव,परासी,माघ १५ । पश्चिम नवलपरासीको पहिलाे क्याम्पस पाल्ही बहुमुखी क्याम्पस रामग्राम-४ जितपुरकाे खेलमैदानमा प्रथम स्ववियु कप अन्तर क्याम्पस स्तरिय भलिबल प्रतियोगिता आजदेखि सुरु भएकाे छ । 

 

पाल्ही बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजना तथा रामग्राम नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रथम स्ववियु कप सुरु भएकाे हाे । स्ववियु सभापति निरजप्रसाद धवलको अध्यक्षतामा भएकाे कार्यक्रममा बाल्दै 

रामग्राम ४ का वडाध्यक्ष मदन यादवकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएकाे हाे । 

 

कार्यक्रममा पाल्ही क्याम्पसका प्राध्यापक केशव भट्टराई ,त्रिभुवन क्याम्पस बेलाटारी स्ववियु सभापति आदित्य पाल,पत्रकार सुरेश यादव,पुर्व स्ववियु सभापति बृजनन्दन कुर्मी,स्ववियु सचिव रिता कुमारी हरिजन लगायतले बाेल्नु भएकाे कार्यक्रम संचालक प्रिंका कुमारी हरिजनले जानकारी दिनुभयाे । 

 

साथै प्रतियोगितामा पाल्ही क्याम्पस (A) र (B),महाकवि देवकोटा क्याम्पस,माेतिलाल क्याम्पस,त्रिभुवन क्याम्पस र दिव्यज्याेति क्याम्पस गरि ६ वटा क्याम्पसकाे सहभागिता रहेकाे छ भने प्रथम हुने टिमले नगद १५ हजार सहित मेडल,कप र प्रमाणपत्र,द्वितीय हुने नगद १० हजार सहित मेडल,कप र प्रमाणपत्र र तृतीय हुने नगद ५ हजार सहित मेडल,कप र प्रमाणपत्र वितरण गरिने आयाेजकले जनाएकाे छ ।

Comments