नवपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

सहबान अन्सारी भाद्र ९

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन।

आईतवार साँझ  सुनवल नगरपालिका वडा नं. ४ तुरिया स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा शंकस्पद अवस्थामा हिडिरहेका  रुपन्देही बुटवल उपमाहानगर पालिका वडा नं. २ बस्ने २२ बर्षिय  राजेन्द्र नेपाली र सोही ठाँउ बस्ने  ३७ बर्षिय  किसन नेपाली पक्राउ परेका हुन।

प्रहरीले रितपुर्वक खानतलासी गर्दा राजेन्द्र नेपालीले लगाएको कालो ट्याक (पाईन्ट्) को ईलाष्टिक भित्र अगाडीको भागमा २ यमयल को डाईजेपाम २३ एम्पुल, बुप्रिनुफिन २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७३ एम्पुल लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।

यसैगरि  सोमवार बिहान रामग्राम  नगरपालिका वडा नं. १ सहुवाटिकर स्थित सडक खण्डमा  रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने  ३३ बर्षिय  सुनिल परियारलाई शंकास्पद अवस्थामा फेला पारी परियारको शरिर खानतलासी गर्दा  बोकेको चामलको बोरा भित्र कालो रंगको पलाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा २ यमयल को डाईजेपाम बुप्रिनुफिन र फेनारगन १३/१३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागु औषध बरामद गरी तिनै जनालाई  जिल्ला अदालतबाट म्हाद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

Comments