जसपा नेपालका अध्यक्ष यादव प्रति सर्वोच्च अदालतले दिएको परमादेश प्रति जसपा नेपाल नवलपरासीले द्वारा पत्रकार सम्मेलन

सुरेश यादव,परासी,भदौ ३ 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रति सर्वोच्च अदालतले गरेको परमादेशलाई लक्षित गरी जसपा नेपाल नवलपरासीले पत्रकार सम्मेलनप्रति घोर आपत्ति प्रकट गरेको छ । 

रौतहटको गौरमा भएको २०६२/६३ को मधेस आन्दोलनमा माओवादी र तत्कालीन संघीय समाजवादी फोरम बीच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो । १९ वर्ष पछाडि सर्वोच्च अदालतले उक्त घटनालाई छानबिन गर्न आदेश दिएपछि जसपा नेपाल तराईका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयो । 

 

 

यादवका अनुसार तत्कालै मानवअधिकार र युएनएनले फोरमको संलग्नता नरहेको निष्कर्ष निकालेको उहाले बताउनुभयाे । यदि सरकार असामानित अदालतले यो निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा जाने यादवले चेतावनी समेत दिनुभयाे । अब कुनै पनि हालतमा मधेसीको हक अधिकार लिएरै छोड्ने उहाँले दाबी गर्नुभयो ।

 

 

 

जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादवले देशमा राजतन्त्र पश्चात् गणतन्त्र र  लोकतन्त्रकाे प्रत्याभूत गर्न नसकेको जोड दिनुभयो । पुर्व मन्त्री यादवले अहिले बनेको नेकपा एमाले र कांग्रेसको सरकारले देशप्रति वफादारीपूर्वक काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । आदेश फिर्ता नभएसम्म जसपाले विभिन्न जिल्लामा आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै भोलि नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रदर्शनको कार्यक्रम दिउँसो १२ बजे आयोजना गरिएको र सम्पूर्ण पार्टीका पदाधिकारी कार्यकर्तालाई उपस्थित भइदिनुहुन अनुरोध समेत गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो ।

Comments