नवलपरासी बिकासका लागि मेराे उम्मेदवारी : भिमबहादुर थापा (भरत)
फागुन ८ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न २का उमेदवार भिमबहादुर थापा (भरत)ले घरदैलाे अभियान कार्यक्रम सुुुरु गर्नु भएकाे छ । अाज पाल्हिनन्दन गाउपालिका वडा न२मा जनताकाे घर अागनमा पुगि जनताकाे जिज्ञासा काे जवाफ दिदै अहिले नवलपरासी काे समग्र बिकासकाे लागि मेराे याे उमेदवारी रहेकाे बताउनु भएकाे छ।सुनवल ,रामग्राम,,पाल्हिनन्दन र सरावल का विभिन्न टाेलमा घर दैलाे अभियान सुरु गरेका भिमबहादुरले स्थानीय समस्याहरू,विकासका प्राथमिकता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषय क्षेत्र लाई मध्यनजर गर्दै बिकासमा फडकाे मार्ने बताउनु भयाे। नवलपरासी मा बिकासकाे लहर ल्याउने प्रतिबद्धता ब्यक्त गर्दै अाम जनताहरुलाई अाफुलाई जनप्रतिनिधि बनाउनु भन्दै घरदैलाे अभियानलाई तिब्र पार्नु भएकाे हाे।







Comments