कृष्ण जन्माष्टमीकाे अवसरमा सेमरीमा कृष्ण भगवानकाे मुर्ति स्थापना
श्यामबदन हरिजन नवलपरासी साउन२९
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिक वडा न २सेमरीमा रहेकाे राम जानकी मन्दिरमा कृष्ण भगवानको नयाँ मूर्तिको स्थापना गरिएको छ । पुरानाे मन्दिरलाई भत्काएर सघिय सरकारकाे २७लाखकाे अार्थिक सहयाेगमा नया मन्दिरकाे निर्माण गरे सगै नया मुर्तिकाे स्थापनाले अहिले सेमरीबासीहरु खुसी भएका छन ।सेमरी गाउकाे बिचमा रहेकाे रामजानकी मन्दिर अहिले निकै रमणिय स्थल बनेकाे छ ।निकै अाकर्षिक देखिने शान्त बाताबरण मा स्थापित मन्दिर ले भक्त श्रध्दालुहरु धार्मिक ज्ञान लिदै अानन्द लिने स्थलकाे रुपमा परिणत भएकाे छ।
रामजानकी मन्दिर मा पुजापाठ गर्ने अाफुले ईच्छाएकाे मनाेकामना पूरा हुने धार्मिक बिश्वास रहेकाे छ ।हिन्दु धर्मावलम्बीहरुले प्रत्येक दिन पुजापाठ गर्ने गरेका छन ।निकै शान्त स्थल रहेकाे यश मन्दिरकाे अाफ्नै धार्मिक महत्व रहेकाे छ ।धर्म सस्कृति सरक्षण गर्नु पर्ने अावश्यक रहेकाे रामजानकी मान्दिर ब्यवस्थापन समिति का अध्यक्ष नाथुराम क्षेत्रीले बताउनु भयाे ।







Comments