भुजहवामा बिशाल ताजिया मेला सुरु
नन्दु यादव नवलपरासी असार २२
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७भुजहवामा विशाल ताजिया मेला मेला सुरु भएकाे छ।
मुस्लिम समुदायले नवलपरासी सहित देशका विभिन्न स्थानमा ताजिया (दाहा) मेला मनाई रहेका छन ।
मुस्लिमवस्ती भएका ठाउँहरुमा दाहा बनाइएको छ । सो स्थलमा युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्ने गरेको देखिन्छ ।
भुजहवामा बनाइएको सो ताजिया हेर्न विभिन्न स्थानका व्यक्तिहरु पनि जम्मा भएका छन् । भुजहवामा बिगत लामाे समयदेखि ताजिया मेला लाग्दै अाएकाे सस्थाका सचिव सज्जाद अलि असारीले बताउनु भयाे ।
दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ । तीन दिनसम्म चल्ने मेलामा झर्रा ,ढाकातासा ,भाला फर्सा लगायतकाे खेल समेत सन्चालन गरिदै अाएकाे बताईएकाे छ। मेलाको अन्तिम दिन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई अाकर्षक पुरस्कार वितरण गर्ने आयोजक कमिटीले जनाएको छ ।अहिले भुजहवामा ५०फिट उचाईकाे ताजिया बनाईएकाे छ।मेला नवलपरासी, रुपन्देही र मित्र रास्ट्र भारतकाे महराजगन्ज जिल्लाकाे विभिन्न ठाउबाट हेर्न अाउने गरेकाे सरावल ७का वडा अध्यक्ष हेयात खा धुनिया ले बताउनु भयाे ।
इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो ।
इस्लाम धर्मअनुसार मोहरम महिनाबाट नयाँ वर्षको सुरुवात हुन्छ । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए ।
इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत (स्वर्ग) पुर्याउन बाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको विशाल ताजिया मेला समितिका अध्यक्ष साकिर असारीले बताउनु भयाे ।
कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैं हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गरे ।
हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन सहिद भएको सम्झनामा यो पर्व मनाइन्छ । हुसैन सहिद भएको दिनदेखि संसारभरी इस्लाम धर्म फैलिएको बताइन्छ ।
हसन र हुसैनकै सम्झनामा मुस्लिम समुदायले मोहरम महिनामा ताजिया बनाएर दाहा गर्ने गर्छन् । मेला ३दिन सम्म सन्चालन हुने बताईएकाे छ ।यसै गरि नवलपरासी काे हातिबन,बरारी ,महेशपुर ,हरपुर ,साेमनी ,बर्दघाटे लगायतकाे क्षेत्रमा मेला लागेछ छ।







Comments