प्रतापपुर पुर्ण सस्थागत प्रसुति सेवायुक्त पालिका घाेषणा

नन्दु यादव नवलपरासी असार १६

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाले अाज एक कार्यक्रम बिच पुर्ण सस्थागत प्रसुति सेवायुक्त पालिका घाेषणा गरिएकाे छ ।गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षता तथा जिल्ला समन्यव समिति नवलपरासी का सभापति भगाैती यादवकाे प्रमुख अतिथ्यतामा मा सम्पन्न भएकाे हाे ।कार्यक्रममा प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रममा वडा न ९का वडाअध्यक्ष जयकिशुन चाैधरी, तुलसीराम खनाल , जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगदबहादुर शाहि लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले प्रसुति सेवाको सुदृढीकरण र मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन गाउपालिकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ स्तरीय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।प्रतापपुरले विभिन्न सुचकहरुमा देशकै सर्वोत्कृष्ट पालिका बनाउन सबै लाग्नु पर्ने यादवले बताए ।

 

गाउपालिकाका सवै वडा, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यका कारण यो उपलब्धि सम्भव भएकाे उनले बताए । अबको लक्ष्य गुणस्तरीय सेवामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियाे। गाउपालिकाले सबै महिला तथा गर्भवती आमाहरूलाई सुरक्षित प्रसुति सेवा सुनिश्चित गर्न प्राथमिकताका साथ काम गरेको र आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गरिनुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे  । गाउपालिकाले सुरक्षित मातृत्वका लागि निरन्तर सचेतना, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण तथा समुदायमै पुगेर सेवा दिने रणनीति कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनु भयाे ।कार्यक्रम मा पत्रकार  ,स्वास्थ्यकर्मी ,स्वयसेबिका,एम्बुलेन्स चालक लगायतलाई सम्मान समेत गरिएकाे थियाे ।कार्यक्रम लाई स्वास्थ्य प्रमुख मन्ताेष कुशवाहाले सन्चालन गर्नु भएकाे थियाे ।

Comments