कान्दु वैश्य सेवा समिति नवलपरासी काे अध्यक्ष मा सुनिल कुमार गुप्त

 

जेठ ६बेलाटारी

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका काे वडा न ९बेलाटारीमा कान्दु  सेवा समिति नवलपरासी को तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। हेमन्त  कुमार कानु काे अध्यक्षता भएको तेस्राे साधारण सभा तथा  अधिवेशनबाट सुनिल कुमार गुप्तको अध्यक्षतामा कान्दु वैश्य सेवा समिति नवलपरासी गठन गरिएको छ। जसको उपाध्यक्षमा रविन्द्र प्रसाद गुप्ता उपाध्यक्ष मा रामवृक्ष बनिया, महा सचिवमा भाेला बनिया  सचिवमा रमेश बनिया कोषाध्यक्षमा ध्रुवनारायण बनियाँ र सदस्य मा राअवतार बनिया , प्रेमकानु ,राजकिशाेर  कानु ,नाथु बनिया, बाल किशुन बनिया, नितेश बनिया ,बिनाेद बनिया  सुकदेव बनिया  सुदर्शन बनिया,र पुर्णवासी बनिया  लगायत रहनुभएको कान्दु  सेवा समिति नवलपरासीले जनाएको छ।कार्यक्रम मा बाेल्दै नवनिर्वाचित अध्यक्ष गुप्तले कान्दु समाजकाे हकअधिकारकाे लागि राज्यसग लडाई सधै लडिरहने बताउनु भयाे।साथै कान्दु समाजलाई सधै सक्रिय बनाउन अाफुले विभिन्न याेजनाका साथ अगाडि बढने बताउनु भयाे ।

Comments