कृषि उत्पादनमा बृध्दि गर्ने उदेश्यले वडा अध्यक्ष हेयात खा धुनिया द्वारा कृषि उपकरण बितरण
नन्दु यादव असार ४
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७काे कार्यालयले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग पुगाेस भन्देै च्यापकटर ,पम्पसेट र माेटर कृषि उपकरण बितरण गरिएकाे वडा अध्यक्ष हेयात खान धुनियाले बताउनुु भयाे ।
किसानहरलाई ५०%अनुदानमा कृषि उपकरण वितरण गर्दै खा ले सो कुरा बताउनुभएको हो ।
उहाँले कृषि उत्पादन बृद्धि गर्दै किसानलाई व्यावसायिक कार्यतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको समेत बताउनुभयो ।
वडा अध्यक्ष ले भन्नुभयो, ‘कुन क्षेत्रमा के–के राम्रो उत्पादन हुन्छ सोको अध्ययन गरेर वडाले किसानलाई विभिन्न सहयोग गरी प्रोत्साहन गर्नेछ ।
कृषि उपकरण पाएका किसानले सहयोग पाएको जनाउँदै यसबाट उत्पादन बृद्धिका लागि विशेष सहयोग पुग्ने आशा प्रकट गरेका थिए।वडा न ७ले विशेष गरि शिक्षा ,स्वास्थ, सडक, कृषि,बिजुली बत्ती जडान जस्ता कार्यक्रम लाई अगाडि बढाएकाे छ ।







Comments