मातृभुमि जाागरण अभियान नेपाल अन्तरक्रिया कार्यक्रम सम्पन्न

पप्पु रेग्मी 

बर्दघाट, २२ जेठ २०८२  ।

मातृभूमि जागरण नेपालका प्रस्तावक तथा पूर्व गृहमन्त्री डा. भीम रावलले नेकपा एमालेले अझै २०५१ सालमा अल्पमतको सरकारले ल्याएको कार्यक्रमको प्रचारबाजी गरिरहेको आरोप लगाउनुभयाे ।

 पश्चिम नवलपरासीको बर्दघाट–१० स्थित माैराहाटाँडिमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै, रावलले एमालेको पछिल्ला गतिविधिहरू नयाँ भन्दा पनि पुरानै योजनाको घुमाउरो प्रचारमा सीमित रहेको बताउनुभयाे ।

 एमाले अध्यक्ष के. पी. शर्मा ओलीलाई पार्टी सञ्चालन सम्बन्धी सकारात्मक सुझाव दिँदा तितो लागेर आफूलाई पार्टीबाट निष्कासन गरिएको दाबी गर्दै, “अब मातृभूमिको रक्षाका लागि ‘जागरण नेपाल’ कार्यक्रम मार्फत भ्रष्टाचार, ढिलासुस्ती, र अनियमितता विरुद्धको अभियानमा लागेको छु,” रावलले प्रष्ट पार्नुभयाे।

 एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले पार्टी एकताका लागि झलनाथ खनाल र माधव नेपाललाई साथ लिएर अघि बढ्दा पद र स्वार्थका कारण पार्टी विभाजनमा पुगेको समेत खुलासा गर्नुभयाे ।

 कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसा, नन्द प्रसाद सुवेदी, भरत पाण्डे,  टोप बहादुर सिंह लगायतले पार्टीसँग सम्बन्धित विविध जिज्ञासा राख्नुभयाे ।

 सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै रावलले आफू राष्ट्रव्यापी दौडाहामा रहेको जनाउँदै, “इमानदार, कर्तव्यनिष्ठ र राष्ट्रभक्त नागरिकहरूलाई यस अभियानमा निडर रूपमा सहभागी हुन” आग्रह गर्नुभयाे ।

Comments