पाल्पामा हेक्जागन एजुकेसन हवको आयोजनामा हात धुने दिवस मनाइयो, सडक नाटकमार्फत जनचेतना
सन्ताेष गहतराज बैशाख १२
पाल्पा जिल्लाको तानसेनस्थित विशाल बजारमा हेक्जागन एजुकेसन हवको आयोजनामा 'हात धुने दिवस' विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख उद्देश्य हात नधुने कारणले हुने विभिन्न संक्रामक रोगहरूको बारेमा सर्वसाधारणलाई जानकारी दिने र सरसफाइप्रति सचेत बनाउने रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको सडक नाटकले धेरैको ध्यान तान्यो । नाटकमा हात नधुने बानीका कारण फैलिने हैजा, झाडापखाला, टाइफाइड, र अन्य सरुवा रोगहरूबारे सन्देश दिइएको थियो । हेक्जागन एजुकेसन हवका विद्यार्थीहरूकाे सहभागितामा तयार गरिएको नाटकले अत्यन्त प्रभावकारी रूपमा सामाजिक सन्देश सम्प्रेषण गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा हेक्जागन एजुकेसन हवका सडक नाटकजस्ता सशक्त माध्यमबाट स्वास्थ्यप्रति गम्भीरता अपनाउन प्रेरित गर्ने प्रयास गरेका गरेको बताउनुभयाे । अर्का सञ्चालकर्मी तुसार कालिकाटाले अभियानको उद्देश्य स्पष्ट पार्दै सामान्य बानी व्यवहारबाट पनि ठूला रोगहरूबाट जोगिन सकिने सन्देश फैलाउन कार्यक्रम आयोजना गरेकाे बताउनुभयो । अझ व्यापक प्रभाव पार्न भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाले बताउनुभयो ।
हेक्जागन एजुकेसन हव पाल्पाले हाल पिसीएल, ल्याब, एच एका तयारी कक्षा, ग्राफिक डिजाइनिङ, र अंग्रेजी भाषा कक्षा साथै अन्य काेर्षहरूकाे अध्ययन अध्यापन गराउदै आएको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा समान रूपमा ध्यान दिँदै आएको संस्थाले आगामी दिनमा अझ बढी व्यावसायिक तालिम र जनचेतनामूलक कार्यक्रम ल्याउने योजना बनाएको जनाएको छ । सडक दैनिकजसो व्यस्त रहने विशाल बजारको चोकमा गरिएको कार्यक्रमले सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यापारीहरूमा ठूलो आकर्षण पाएको थियो ।







Comments