एमालेबाट प्रतापपुर का अध्यक्ष का उम्मेदवार खेमनाराण गुराै कान्ग्रेसमा प्रवेश

नवलपरासी बैशाख ११
 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामाअाज  लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेका नेता खेमनारायण गुराै  काे नेतृत्व मा एमाले ,जप्रपा, जसपा,रास्वपा, माअाेबादी लगायतकाे विभिन्न पार्टी  परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।सुरुमा उखु उत्पादक समितिबाट राजनिति सुरु गरेका गुराै केही समय फाेरम लाेकतान्त्रिकबाट राजनिती समेत गर्दै अाएका थिए ।पछ्छिलाे समय राजनिती ले माेड लिएपछि उनी नेकपा एमालेबाट २०७९ सालकाे निर्वाचन मा प्रतापपपुर गाउपालिका अध्यक्ष काे उमेदवारी दिएका थिए ।फलस्वरुप नेपाली कान्ग्रेसका उमेद्वार उमेशचन्द्र यादव सग निर्वाचनमा पराजित भएका थिए। केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब खेमनारायण गुराै  कान्ग्रेसकाे झण्डा लिएर राजनितिमा हाेमिएका छन।अब अाफ्नाे घर अागन तथा छरछिमेकमा कान्ग्रेसकाे झण्डा फरफराउदै अगाडि बढने लक्ष्य लिएका छन ।गुराै  निकै ईमान्दार तथा शालिन  स्वभावका रहेका गुराै राजनीति मा अामनागरिककाे सेवा गर्ने बताएका छन । नवप्रवेशीहरुलाई  महामन्त्री खनालले खादा माला टीका लगायर बिधिवतरुपमा स्वागत गरेका थिय।कार्यक्रम मा मानकुमारी चाैधरी ले स्वागत मनत्ब्य ब्यक्त गर्नु भएकाे थियाे  ।कार्यक्रम  खेमनारायण गुराै ,बद्री यादव,युवराज अधिकारी ,कन्हैया हरिजन,महादेव यादव ,वडा न ३का वडा अध्यक्ष ऋषिदेव दास  ,प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेपाली कान्ग्रेसका जिल्ला सभापति अर्जुन पाेख्रेल लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि खनालले नवप्रवेशी कार्यक्रम ले पार्टी अझ मजुबत बनाएकाे दाबी गर्नु भयाे ।नेपाली कानग्रेसलाई देशकाे पहिलाे पार्टी बनाउन सबै कार्यकर्तालाई एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेड दिनु भयाे । कार्यक्रम लाई सन्जित शर्माले सन्चालन गर्नु भएकाे थियाे ।कार्यक्रम मा प्रतापपुरकाे वडा न १,५,६र ९बाट ३००जना प्रबेश पार्टी  गरेका थिए।

Comments