प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा नया भवनमा सर्ने तयारी हुदै

पश्चिम नवलपरासी , चैत  ५ गते  । 

रु १२ करोडको लागतमा पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न योजनाहरूको निर्माण कार्य ढिलाई भई रहेको भए पनि गाउँपालिकाले प्रशासनिक भवन निर्माण कार्यलाई तिव्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको हो ।

करिब ९ कट्ठा जग्गामा उतm प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा छ । रु ,१२ करोड लागतको बन्ने प्रशासनिक भवन  अपाङ्गमैत्री समेत छ  ।  गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार हो तसर्थ जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि मुख्य प्राथमिकतामा राखेर  प्रशासनिक भवन निमार्ण गरिएको अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो । 

यसै आर्थिक वर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष यादवले बताउनुभयो । 

अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा हालसम्म दुई वटा भवन भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएकोले जति सक्दो चाँडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको छ । 

यादव अनुसार साविक प्रतापपुर गाविसलाई गाउँपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नुपर्ने नीतिगत बाध्यताका कारण विगत वर्षमा भवनको निर्माण हुन सकेको थिएन । यद्यपि सबै नीतिगत बाध्यतालाई व्यवस्थापन गरि अब भवन निमार्ण कार्य सम्पन्न गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

 

Comments