फागुन १५गते सम्म हुलाकी सडककाे काम सुरु नभए राजधानी केन्द्रित अान्दाेलन गर्ने चेतावनी
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाकाे नारायण चाेक देखि त्रिवेणी सम्म हुलाकी सडक खण्ड फागुन १५गते सम्म निर्माण कार्य सुरु नभए राजधानी केन्द्रित अान्दाेलन गर्ने प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले एक बिज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ ।बिगत ६बर्ष देखि अलपत्र रुपमा रहेकाे याे सडक खण्डले काम काे गति लिन नसकेकाे बताउदै अब राजधानी केन्द्रित अान्दाेलन गर्नुकाे बिकल्प नरहेकाे बताउनु भयाे ।सडक बिषय लाई लिएर केही महिना अगाडि पटकपटक ध्यानाकर्षण गराउदा तथा जिल्ला प्रसाशन घेराउ देखि अामरण अनसन सम्मकाे अान्दाेलन गर्दा पनि सहमति अनुसार काम अगाडि बढन नसकेपछि अब काठमाडौ मा अान्दाेलनकाे अाधिबेहरी सृजना गर्ने अध्यक्ष यादवले बताउनु भयाे ।कि त निर्माण कम्पनीले काम सुरु गर्नु पर्याे कि त सरकारले सम्झाैता खारेज गरि स्राेत साधनकाे ब्यवस्थापन मिलाए प्रतापपुर गाउपालिका ले ४महिना भित्र नारायण चाेक देखि बेलाटारी सम्म सडक बनाईदिने बताउनु भयाे ।अबकाे अान्दाेलन निर्णायक हुने बताउनु भयाे







Comments