सुलभ वाल्मीकिकाे साधारणसभा सम्पन्न
पप्पु रेग्मी, बर्दघाट, २१ माघ ।
सुलभ वाल्मीकि बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट ७ जिमिरेभार पश्चिम नवलपरासीकाे दाेस्राे वार्षिक साधारणसभा जिमिरेभारमा शनिवार सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष सूर्यनाथ अधिकारीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय विश्व प्रेम पाठककाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पाठकले बाेल्दै, सहकारीबाट लिएकाे रिण उद्देश्य अनुसार उत्पादन कार्यमा लगानी गरेर फाइदा लिन सके मात्रै रिण र वचत सजिलैसँग तिर्न सहज हुनुका साथै सहकारीको लक्ष्य पुरा हुने बताउदै, सरकारका नीति अनुसार हाम्रो वरपर धेरै छरिएर रहेका सहकारीहरू लाई एकै ठाउँमा मर्ज गरेर विशाल सहकारी बनाई कृषि कार्य गर्ने कृषकहरूलाई कृषि उत्पादनमा वृद्धि गर्न सके सहकारी बलियो हुने बताउनुभयो ।
साे साधारणसभामा सल्लाहकार जीवनाथ पाैडेल, चन्द्राेदय सहकारी संस्थाकाे प्रतिनिधि भरत देवकोटा, राष्ट्रिय सहकारी संस्थाका शाखा प्रमुख परीक्षित ठकुरी, बर्दघाट वडानं. ७ का महिला वडा सदस्य अम्बिका सुवेदी, जिल्ला सहकारी संस्थाका उपाध्यक्ष बृहस्पति अधिकारी लगाएतले संस्थाकाे उन्नति प्रगति र साधारणसभाकाे सफलताको शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाकाे उपाध्यक्ष सूर्यनाथ अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाकाे सचिव उमामाया पराजुली अधिकारीले २०८१/८२ मा संस्थाले गरेका कार्य तथा निर्णयहरू अनुमाेदन गर्नकालागि सचिवद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियोे । त्यसैगरि संचालक समितिकाे तर्फबाट काेषाध्यक्ष भुवानी प्रसाद पाैडेलले २०८१/८२ काे प्रस्तावित वित्तीय लक्ष एवं अनुमानित वजेट रू. २९०५५३१५/- रूपैयाँ बराबरको आय-व्यय प्रस्तुत गर्नुभयो । यस सहकारी सस्थाकाे हितमा काम गर्ने उत्कृष्ट सेयर सदस्यहरूलाई प्रमाणपत्र नगद सहित सम्मान गरिएको थियोे ।
सुलभ वाल्मीकि बहुउद्देश्यीय सहकारी संस्थामा हाल सम्म कुल सदस्य संख्या ९ सय ८६ जना रहेका छन भने कार्यालयमा कार्यरत कर्मचारी ६ जना रहेको संस्थाकाे व्यवस्थापक लक्ष्मी तिवारीले बताउनुभयो ।







Comments