मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, एकजना घाईते
माघ १९नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सालबासमा माेटरसाईकल दुर्घटना हुदा एक जना ज्यान गएकाे छ । सरावल गा.पा. १ सालबास स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मो.सा. आफै अनियन्त्रित भइ सडक बिचको पेटीमा ठोक्किन जादा मोटर साईकल चालक जिल्ला नुवाकोट लिखु ३ बस्ने बर्ष अं. २९ को गोपाल लोहनी घाईते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देही तर्फ पठाईएको छ भने ,सोही मोटर साईकल पछाडी सवार जिल्ला रुपन्देही शुद्धोधन गा.पा. अमहवा बस्ने बर्ष २८ को कमल परियारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।अहिले शव सोही अस्पतालमा रहेको छ भने मोटर साईकल प्रहरीले नियन्त्रणमा मा लिएकाे सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनु भयाे







Comments