चिसाेबाट बच्न जेष्ठ नागरिक तथा अपाङहरुलाई प्रतापपुरद्वारा कम्बल बितरण
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपलिकाले कम्बल बितरण गरेकाे छ।शितलहरबाट बच्नकाे लागि कम्बल बितरण कार्यक्रम सुरु गरिएकाे हाे ।गाउपालिका भित्र रहेका ८०बर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा पुर्णरुपमा अपाङभएका ब्यक्तिहरुलाई कम्बल बितरण गरिएकाे प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव ले बताउनु भयाे ।हामिले शितलहरबाट प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो वितरण अभियान अन्तर्गत कम्बल बितरण शुरु गरिएकाे बताउनु भयाे । ।“कम्बल वितरण ज्येष्ठ नागरिक तथा अपांगहरुलाई लक्षित गरेर गाउपालिकाबाट उपलब्ध गराइएको हो । विगत केहिदिन देखि यसलाई अभियानका रूपमा सञ्चालन गरिरहेका छौँ”, यादवले भने, “अझै केहीदिन कम्बल वितरणलाई निरन्तरता दिनेछौँ ।अझै पनि केही वडा बाकि रहेकाेले क्रमश बितरण गर्दै जाने बताउनु भयाे ।







Comments