अादर्श क्याम्पस सेमरी नया भवनकाे शिलान्यास
नन्दु यादव माघ१०नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न २सेमरीमा अाज अादर्श क्याम्पस सेमरीकाे नया भवन काे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि गगन कुमार थापाले बिद्यार्थी काे शैक्षिक गुणस्तर कायम गर्न का लागि सुबिधासम्पन्न भवनले ठुलाे महत्त्व राख्ने भन्दै बजारकाे माग अनुसार बिषयकाे पढाइ सन्चालन गरिनु पर्ने कुरामा जाेडदिनु भयाे ।अहिले हाम्राे देशकाे बजारकाे माग अनुसार बिषयकाे बिद्यार्थीहरुले अध्यन गर्न नपाउदा बिदेशिनु परेकाे बताउनु भयाे।अब बजार काे माग अनुसार दक्षजनशक्ति उत्पादन गर्नु पर्ने अावश्यक रहेकाेले तेहि अनुसार बिषयकाे पढाईहुनपर्ने बताउनु भयाे।बजारकाे माग अनुसार दक्षजनशक्ति उत्पादन गर्न देशमै राेजगारी सृजना गर्ने सहज हुने बताउनु भयाे । क्याम्पस भवन प्रतापपुर काे गाउपालिकाे अार्थिक सहयाेगमा निर्माण हुने बताईएकाे छ ।







Comments