पाठेघर खस्ने समस्या पहिचान सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न
नारायण भण्डारी पाैष२७
प्रतापपुर गाउँपालिकाको आयोजनामा प्रजनन रुग्णता पाठेघर खस्ने समस्या पहिचान सम्बन्धी २ दिने निःशुल्क स्वास्थ्य शिविर जगन्नाथपुर आधारभुत अस्पताल र पिपरपाती आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । शिविरमा जगन्नाथपुर आधारभुत अस्पतालमा कुल १२६ जनाले सेवा लिएकोमा ३२ जनामा र पिपरपाती आधारभूत स्वास्थ्य केन्द्रमा १५१ जना गरी कुल २७७ जनाले सेवा लिएका छन् । जसमा पिपरपातीमा ८ जनामा पाठेघर खस्ने समस्या, ५ जनामा VIA Possitive, ३ जनामा स्तन क्यान्सर र १ जनामा पाठेघरको क्यान्सर देखिएको थियो । उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमार चौधरीले प्रतापपुर गाउँपालिकामा रहेका सम्पूर्ण महिलाहरुमा रहेको पाठेघरको समस्या पहिचान गरी उपचार गर्नका लागि शिविर संचालन गरिएको र धेरै भन्दा धेरैले यो सेवा उपयोग गर्नका लागि आग्रह गरे । महिलाहरुको समस्या दिनानुदिन बढिरहेको र यसलाई कम गर्नका लागि समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै स्वास्थय शाखा प्रमुख मन्तोष कुमार मुरावले प्रतापपुर गाउँपालिकामा स्वास्थ्यमा देखिएका समस्याहरुलाई कम गर्नका लागि वार्षिक योजना निर्माण गरेर सोही अनुसार काम अगाडी बढाईएको र आगामी दिनमा पनि स्वास्थ्यका सुचकलाई थप प्रभावकारी बनाउन राम्रो ढंगले काम गर्ने बताउँदै यो शिविरले समयमै रोग पत्ता लगाई निदानमा सहयोग हुने र उपचारको दायरामा ल्याउन सहज हुने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष सन्तोश राजभरले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।







Comments