शितलहरको कारण पुर्व पश्चिम राजमार्ग अबरुद्ध

नन्दु यादव नवलपरासी 
पाैष २४
 
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट न.पा- ४ खुर्सानी खोला स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भई दुई तर्फी अवरोध भएको छ।
 
अहिले प्रहरी खटिएको छ। बाटो अवरोधको कारण दुबै तर्फको गरी अं.२००/२५० वटा गाडीहरु होल्डमा रहेका छन।
 
चिप्लोका कारण मालबाहक सवारी संचालनमा कठिनाई भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ।सहज आवागमनको लागि पहल भैईरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।

Comments