नवलपरासीमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु
सहबान अन्सारी
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
आईतवार सुनवल नगरपालिका वडा नं २ बत्रौली स्थित सुनवल परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सोही दिशा तर्फ बिग्री (टायर पन्चर) रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठक्कर खादा रामग्राम नगरपालिका वडा नं.५ बस्ने मोटरसाईक चालक १८ बर्षिय दिप प्रजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाईकलमा पछाडी सवार सोही ठाँउ बस्न् १९ बर्षिय सुरज सहानी घाईते भएका छन ।
घाईते सहानीको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।







Comments