व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

अजय मिश्रा   कपिलवस्तु, पुस १७

कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्। 

 

अध्यक्ष पदका पांच उमेदवार मध्ये प्रबल उमेदवार रहेका रितेश शर्मा पनि आज आफ्नो व्यापारी टोली सहित कृष्णनगर बजारमा प्रत्येक पसल हरूमा गएर आफ्नो चुनावी ऐजेंडा सहित आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। 

 

उहांले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी व्यवसायी लाई अनुरोध गर्दै आफू सधैं व्यापारी हरूका लागि चौबिसै घण्टा साथमा खडा रहने बाचा गरेका एक जना व्यवसायीले बताए। 

उहांले आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रो संग चलायमान गराई व्यापारी हरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारी हरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उद्यमी हरूको हक अधिकार रहेको जिकिर गरे। साथै उहांले कृष्णनगर भन्सार नाकालाई अपग्रेड गराउन आफूबाट हुनसक्ने हरेक सम्भव प्रयास गर्ने बताउदै व्यापारीका लागि बिमा योजना लागु गर्ने शर्माले बताए।

Comments