प्रतापपुरमा नेपाली कान्ग्रेसकाे १००दिने अभियान तथा नवप्रवेश कार्यक्रम

नन्दु यादव मसिर२१नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरा मा १००दिने बिशेष अभियान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेका केन्द्रीय सदस्य चन्द्र बहादुर केसीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ४का जयगाेबिन्द यादव काे नेतृत्व मा २०८जना भन्दा बढी एमाले ,जप्रपा, जसपा,रास्वपा, माअाेबादी लगायतकाे विभिन्न पार्टी  परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।नवप्रवेशीहरुलाई कान्ग्रेसका नेताहरुले खादा माला टीका लगायर बिधिवत रुपमा स्वागत गरेका थिए।कार्यक्रम मा अनुरेस जैसवाल ले स्वागत मनत्ब्य ब्यक्त गर्नु भएकाे थियाे  ।कार्यक्रम नवप्रवेसी जयगाेबिन्द यादव ,अाेमप्रकाश हरिजन ,नेपाली कान्ग्रेसका नेता राधेश्याम पाठक ,माेहन शर्मा ,प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेपाली कान्ग्रेसका जिल्ला कार्यबाहक अध्यक्ष बिक्रम यादव नेपाली कान्ग्रेस का लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि केसीले १००दिने अभियान तथा नवप्रवेशी कार्यक्रम ले पार्टी अझ मजुबत बनाएकाे दाबी गर्नु भयाे ।साथै नेपाली कानग्रेसलाई देशकाे पहिलाे पार्टी बनाउन सबै कार्यकर्तालाई एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेड दिनु भयाे । कार्यक्रम लाई रामप्रसाद जाेशीले सन्चालन गर्नु भएकाे थियाे ।

Comments