प्रथम सरावल अाैद्याैगिक ब्यापार मेला माघ १०गते देखि बासाबसहिमा हुने
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा १बासाबसही मा प्रथम सरावल कृषि पर्यटन सस्कृति तथा औद्योगिक व्यापार मेला–२०८१ आगामी माघ १० गतेदेखि सरावल गाउपालिका वडा न १ बासाबसही मा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सरावल उद्योग बाणीज्य सघले आयोजना गरेकाे प्रथम मेला पटक अगामी माघ १० देखि २१ गतेसम्म आयोजना हुन लागेको हो ।कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरूको वर्तमान अवस्था झल्काउने लक्ष्यसहित मेला आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ । उनीहरूको व्यापार प्रबर्धन गर्न सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ मेला आयोजना हुने बताइएको छ ।
मुलुकमा रहेका उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई मेलाले प्रतिबिम्बित गर्ने सरावल उद्याेग बाणिज्य सघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले जानकारी दिनु भयाे । प्रदर्शनीले मुलुकका उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्ने लक्ष्य राखिएको छ ।सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरि अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने उद्याेग बाणिज्य सघ सरावलका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवले त्रिवेणी प्रेसलाई जानकारी दिनु भयाे।प्रदर्शनीमा नेपालका बिभिन्न जिल्लाका उद्यमीहरु ,उपयुक्त प्रबिधिप्रयाेग कर्ता हरु सहभागिता रहनेछ ।प्रदर्शनी मा १००वटा स्टलहरुरहने बताईएकाे छ।लाखाैले मेला अवलाेकन गर्ने अपेक्षा लिएकाे बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बताउनु भयाे।







Comments