सुस्ताकाे सत्तपत्तिमा माेटरसाइकल दुर्घटनाहुदा चालकको मृत्युु
नन्दु यादव कार्तिक १९
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गा.पा.२ सतपतीमा माेटर साईकल दुर्घटना भएकाे छ ।सतपति स्थित भित्रि सडक खण्डमा बरुवा बाट कुडिया तर्फ जाँदै गरेको लु १८ प ५८४९ मो.सा. आफै अनियन्त्रीत भई बाटोको छेउमा पल्टन जाँदा मो.सा.चालक सुस्ता वडा न २ महलबारी बस्ने वर्ष ४५ को दल बहादुर चौधरी टाउको र शरिरको बिभिन्न भागमा चोट पश्चात उपचारको लागी क्रिमसन हस्पिटल मणिग्राम पठाएपछि डाक्टरले मृत घोषणा गरेको हुन।
शव सोही अस्पतालमा नै रहेको बताईएकाे छ । पोष्टमार्टम लगायत अन्य प्रकृया बाकि रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनु भयाे ।







Comments