भैलो खेल्न हिडेको गाडी सुस्ताकाे नर्सहिमा दुर्घटना, १० जना घाईते
सहबान अन्सारी
कार्तिक १७सुस्ता
नवलपरासीमा देउसी भैलो खेल्ने मानिस लिएर हिडेको गाडि दुर्घटना हुदाँ १० जना घाईते भएका छन।
सनिवार सुस्ता गाउपालिका वडा नं.३ विगेप स्थित भित्रि सडक खण्डमा गुदरिया बाट नर्सहि तर्फ जादै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिडि रहेको बाख्रालाई जोगाउने क्रममा आफै अनियन्त्रीत भई बाटोको छेउमा पल्टिदा सुस्ता गाउपालिका वडा नं.२ गुदारिया बस्ने १६ बर्षिया सृस्ति मुखिया सोही ठाउँ बस्ने १९ बर्षिया मन्जु महत्तो, २१ बर्षिय रेखा महतो, २१ बर्षिय बैजनाथ गुप्ता, १४ बर्षिय लक्ष्मी मुखिया,१६ बर्षिया बर्षा मुखिया, १८ बर्षिया कविता मुखिया, १५ बर्षिया तिल कुमारि मुखिया, २३ बर्षिय बिवेक चौधरी र १३ बर्षिय ईशान्त मुखिया घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाईतेहरुलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको साथै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।







Comments