स्वास्थ चाैकिहरुलाई प्रतापपुर गाउपालिका द्वारा एम्बुलेन्स हस्तान्तरण

बैशाख ६नवलपरासी 
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाले अाज २वटा एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।गाउपालिकाअन्तर्गत रहेकाे गुठिसुर्यपुरा स्वास्थ चाैकि र प्रतापपुर स्वास्थ्य चाैकिलाई हस्तान्तरण गरिएकाे प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।खास गरि यस क्षेत्रका जनताहरुलाई स्वास्थ्य सेवा सहज र समयमै पाउन भन्ने उदेश्यका साथ गाउपालिकाले एम्बुलेन्स उपलब्ध गराएकाे बताईएकाे छ ।यश क्षेत्रमा रहेका जनताले बिरामी अथवा विभिन्न दुर्घटना हुदा समयमा उपचारका लागि अस्पताल सम्म  सवारी साधनकाे अभावमा पुग्न नसकेर ज्यान गुमाउनु पर्ने अवस्था लाई मध्य नजर गर्दै अब कसैले पनि ज्यान गुमाउन नपर्ने बिस्वास लिएकाे छ ।अब एम्बुलेन्स भएपछि बिरामी वा दुर्घटनामा परेेकाहरु सहजरुपमा एम्बुलेन्स काे प्रयाेग गरि समयमै उपचारका लागि अस्पताल सम्म पुगि उपचार गराई ज्यान बच्ने बिस्वास गरिएकाे छ।एम्बुलेन्स अाएपछि यश क्षेत्रमा रहेका जनताहरु मा खुसियाली छाएकाे छ ।

Comments