दाउन्नेमा सडक भासियो,आवागमन ठप्प

सहबान अन्सारी

नवलपरासीमा सडक भासिएछि  आवगमन पुर्ण रुपले ठप्प भएको छ।

शुक्रवार बर्दघाट नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा खुर्सानी खोला नजिकै सडक फेरि २० फिट लम्बाई र ५ फिट सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 सडक भसिएपछि पूर्वबाट पश्चिम तर्फ आउने र  पश्चिमबाट पुर्व तर्फ जाने सवारी साधनको आवगमन पुर्ण रुपले ठप्प भएको र भासीएको सडकको मर्मत कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।

यसअघि असोज १४ गते अबिरल बर्षाको कारण पनि खुर्सानी खोला क्षेत्रमा नै सडक  भासिएपछि आवागमन पुर्ण रुपले ठप्प भएको थियो।

Comments