अबिरल बर्षाको कारण बर्दघाटमा ९ वटा घरमा क्षती
सहबान अन्सारी
नवलपरासीमा अविरल बर्षाका कारण घरमा ९ जनाको घरमा क्षति भएको छ।
शनिवार बर्दघाट नगरपालिका वडा नं.२ बासखोला स्थित बर्षाको कारण बासखोला बस्ने कोश बहादुर आलेको ढुङ्गा माटोले बनेको २ तल्ला कच्चि घर पछाडीको भाग (उत्तर) भत्किएको , कादर दर्लामीको, काठको घर टिनले छाएको १ तल्ला घरको पछाडी क्षति,हरि बहादुर राईको २ तल्ला काठको घर पछाडी भागमा क्षति,तोमन सिंह दर्लामीको काठको कच्चि २ तल्ला घरको पछाडी क्षति,तिल कुमारी बाह्रघरेको २ तले ढुङ्गामाटोले बनेको घरमा क्षति,बम बहादुर बाह्रघरेको २ तले ढुङ्गा माटोले बनेको घरमा क्षती,तिल बहादुर रुचालको २ तले ढुङ्गा माटोले बनेको घरको उत्तर र पश्चिम भागमा क्षति,दल बहादुर राईको माटो ढुङ्गाले बनेको २ तले घर आधा चर्कि भत्केको र कुश बहादुर आले मगरको २ तलाको काठको घर उत्तर तर्फको भाग भत्किएको प्रहरीले जनाएको छ।
बर्षाको कारण घरहरुमा क्षति पुग्दा पनि मानविय क्षति नभएको र सबै मानिसहरु सुरक्षित स्थानमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।







Comments