पुरानाे मेसिनकाे कारण घटयाे विद्युत उत्पादन
नन्दु यादव भदाै ३०
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७सुरजपुरामा रहेकाे सुरजपूरा गण्डक जलविद्युत केन्द्रमा क्षमता भन्दा कम बिद्युत उत्पादन भइरहेकाे छ। गण्डक जलविद्युत केन्द्र सुजपुराकाे १५मेगावाट बिद्युुत उत्पादन क्षमता रहेकाेमा अहिले जम्मा ४मेगावाट मात्रै बिद्युत उत्पादन भईरहेकाेे छ।गण्डक जलबिद्युत केन्द्रमा रहेकाे ३वटा ट्रवाईन मध्ये २वटा ट्रवाईन सन्चालनमा छ।भने १वटा ट्रवाईन बिग्रेर थन्किएकाे छ ।१ट्रवाईन काे बिद्युत उत्पादन क्षमता ५मेगावट भएपनि अहिले २मेगावाट मात्रै उत्पादन भईरहेकाे छ। जसअनुसार २ट्रवाईनले अहिले ४मेगावट मात्रै बिद्युत उत्पादन भईरहेकाे जलविद्युत केन्द्र का प्रमुख पिताम्बर भुसालले जानकारी दिनु भयाे ।
पुरानाेे मेसिन र नदिकाे पानीमा अाएकाे फाेहाेरले गर्दा ट्रवाईनहरुले क्षमताअनुसार बिद्युत उत्पादन गर्न नसकेकाे प्रमख भुसालले बताउनु भयाे ।
नेपाल र भारत बीचको गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकाले भारतले नहरमा पानी छोडेका आधारमा विद्युतगृह सञ्चालन हुन्छ। जसले गर्दा विद्युतगृह सजिलोसँग वर्षैभरी निरन्तर सञ्चालन गर्न चुनौतीपूर्ण छ।
मर्मतसम्भार भन्दै भारतीय पक्षबाट हरेक साल अक्टोबर-नोभेम्बर र मार्च-अप्रिलमा गरी झण्डै चार महिना नहर बन्द गर्ने गरिएको हुन्छ जसले गर्दा बिद्युत उत्पादन गर्न सकिदैन।
उत्पादित विद्युत् गण्डक विद्युत् केन्द्रको परिसरमा रहेको १३२ केभी गण्डक सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ। प्राधिकरणले आवश्यक परेको वेलामा रामनगर सबस्टेसनबाट करिब ४० मेगावाट विद्युत् गण्डक हुँदै आयात गर्ने गरेको छ।
बि.स.२०१६सालमा नेपाल भारत सग सम्झाैता अनुसार भारत सरकारले निर्माण गरेकाे जलविद्युत केन्द्र नेपाललाई हस्तान्तरण गरेकाे थियाे ।







Comments