३बुदे माग राख्दै प्रदेश सदस्य कलवारले बुझाए प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र
फाल्गुन१९ नवलपरासी
लुम्बिनी प्रदेश सभा सदस्य माननीय देवकरण कलवार (सन्तु)ले अाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विभिन्न ३बुदे माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएकाे छ। नवलपरासी पश्चिम नेपालकै उर्वरक जग्गा भएर पनि पिछडिएको क्षेत्र भएको हुँदा कृषकको उत्थानका लागि तपसिल कार्यमा मध्यनजर गरिदिँदा फड्को मार्ने कुरामा पूर्ण विश्वस्त छौं। तसर्थ ध्यानाकर्षणका लागि हार्दिक अपिल गरिएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ। जसमा प्रतापपुर र सुस्तामा केरा उत्पादन प्राेत्साहन गर्न भारतिय केरामा राेक लगाउने,केराबालीमा बढि मलखाद्य खपत हुने भएकाेले बढि मलखाद्यकाे बिशेष काेटा छुट्याउनुपर्ने ,उत्पादन गरेको धानको न्यूनतम समर्थन मूल्यरु ४००० प्रति क्विन्टल र गेहुँको न्यूनतम समर्थन मूल्य रु ५००० प्रति क्विन्टल गर्नुपर्ने लगायतकाे माग गरिएकाे लुम्बिनी प्रदेश सदस्य देवकरण कलवार (सन्तु)ले जानकारी दिनु भयाे







Comments