जितपुरमा छठ घाटकाे शिलान्यास
सुरेश यादव,परासी/ माघ ०१ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुर छठ घाटकाे साेमबार एक कार्यक्रमका बिच शिलान्यास भएकाे छ । जितपुर छठ्ठ पुजा समितिका अध्यक्ष मन्दिप यादवकाे अध्यक्षता तथा रामग्राम ४ का वडा अध्यक्ष मदन यादवकाे प्रमुख आतिथ्यतामा शिलान्यास भएकाे हाे ।
छठकाे व्रत बस्नेहरुकाे संख्या बिगतका दिनमा बढ्दै गएकाले छठ शिलान्यास गरिएकाे वडा सदस्य प्रभु लाल माैर्यले जानकारी दिनुभयाे । छठ पुजाकाे अवसरमा हरेक वर्ष जितपुरमा पुजा पाठकाे साथै सांस्कृतिक कार्यक्रम हुँदै आएकाे र अब हरेक टाेलमा छठ्ठ घाट व्यवस्थापन गर्न बजेट बिनियाेजन गरि भक्तजनहरुलाई थप प्राेत्साहन बढ्ने वडा अध्यक्ष यादवले जानकारी दिनुभयाे ।







Comments