नवलपरासी टेन्ट क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायि सघकाे दाेस्राे साधारणभा सम्पन्न
नन्दु यादव पाैष २७नवलपरासी
पश्चिम नवलपरासी जिल्लामा रहेकाे नवलपरासी टेन्ट क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायि सघकाे दाेस्राे साधसरणभा अाज बेलाटारीमा सम्पन्न भएकाे छ ।सस्थाकाे अध्यक्ष घनश्याम पगेनीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा पुरुषाेत्तम पाण्डे ,राेशन शाह, नेपाली कान्ग्रेसका जिल्ला सदस्य शतिस कुर्मी ,नेपाली कान्ग्रेस सुस्ता गाउपालिकाका सभापति रबिन्द्र जैसवाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथी कलवारले भारतिय टेन्टहाउसहरु नेपालमा सट्टा अाउनमा राेक लगाउने ,टेन्टहाउस लाेड गरेर गाडिमा लैजादा ट्राफिकले चेकजाचकाे नाममा दिएकाे अनावश्यक दुख लगायत रहेकाे टेन्ट ब्यवसयिहरुकाे समस्या लाई अाफुले सम्बन्धित निकायमा सामाधानका लागि अावश्यक पहलगर्ने बताउनु भयाे ।कार्यक्रम लाई सस्थाका सचिव दिलिप गुप्ताले सन्चालन गर्नु भएकाे थियाे ।







Comments