नेफ्स्कुनका नवनिर्वाचित केन्द्रिय अध्यक्ष ढकाललाई बर्दघाटमा सम्मान गरियाे

पप्पु रेग्मी, बर्दघाट, १४ पौष

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट २ मा केन्द्रिय कार्यलय रहेको हाम्रो सुपर साकोसले हालै सम्पन्न नेफ्स्कुनको अधिवेशनद्वारा नवनिर्वाचित केन्द्रीय अध्यक्ष सस्थाका सल्लाहकार एंव प्रतिनिधि चन्द्र प्रसाद ढकाललाई शनिबार बर्दघाटमा सम्मान गरिएकाे छ।

संस्थाका अध्यक्ष खेमराज सुबेदीको अध्यक्षता तथा नेफ्स्कुनका केन्द्रीय  अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष ढकालले बाेल्दै, आफू नेतृत्वमा रहदा सहकारीलाई नीति विधि र पद्धति अनुरुप सञ्चालन गरिने बताउदै, हाल सहकारीमा देखिएका बेथितिलाई अन्त गरि सबै खाले सहकारीलाई पारदर्शी बनाउन प्रयत्न गरिने बताउनुभयो।

 सो अवसरमा संस्थाका सल्लाहकारद्वय शिव प्रसाद पौडेल र दिलकुमारी कुवँर निबर्तमान  अध्यक्ष माया पौडेल,लेखा संयोजक कमल प्रसाद चापागाई लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।

 कार्यक्रममा सस्थाका अध्यक्ष सुबेदीले सस्थाले हालै आफ्ना शेयर सदस्य र तिनका परिवारको स्वास्थ लाई मध्य नजर गर्दै देवदह मेडिकल कलेज सङ सम्झौता गरि सबै खाले स्वास्थ परिक्षण लगायत भर्नामा २०% सम्म छुटको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन सस्थाका सचिव विष्णु प्रसाद बरालले गर्नु भएको थियोे ।

Comments