खोप केन्द्रको उद्घघाटन
नवलपरासी भाद्र १३
जिल्ला परियोजना सल्लाकार समितीद्धारा ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा संचालित विभिन्न परियोजनाहरुले गरेको कामको अनुगमन गरेको छ । ईन्द्रेणी सामाजिक विकास मञ्चले प्रतापपुर गाउँपालिका तथा पाल्हिनन्दन गाउँपालिकामा युनाईटेड मिसन टु नेपालक सँगको सहकार्यमा एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना, रिलाइभ परियोजना तथा स्क्रिप्टि परियोजनाहरु संचालन भईरहेको छ । यसै परियोजना अन्र्तगत समुदायमा भएका परिवर्तन तथा कामहरुको समुदाय मै गएर प्रत्यक्ष अनुगमन गरिएको छ । यस अन्र्तगत प्रतापपुर २ सेमरीमा एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना द्धारा निर्माण भएको २५ घरधुरीलाई सुरक्षित खानेपानीको लागि धारा जडान कार्य, तथा विभिन्न विपन्न परिवारलाई जिविकोपार्जनमा गरेको सहयोग साथै रिलाईभ परियोजना द्धारा निर्माण भएको चेक ड्यामको अनुगमन गरिएको थियो । यसै बिच प्रतापपुर ४ दरखासेमा एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना द्धारा निर्माण गरिएको खोप केन्द्रको समुदघाटन समेत गरिएको छ । समुद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख भगौती यादवले ईन्द्रेणी सामाजिक विकास मञ्चले समाज रुपान्तरण का लागि र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान उच्च रहेको र समाज रुपान्तरण र समाजलाई सुसुचित गर्ने कार्यमा गैर सरकारी संस्थामा पनि ईन्द्रेणी सामाजिक विकास मञ्चले यस जिल्लामा अग्रस्थानमा रहेर गरेको कामले समाज परिवर्तनमा कोसे डुंगा सावित भएको बताउनुभयो । सो कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी,पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख, ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी, गुनाईटेड मिसन टु नेपाल नवलपरासी क्लष्टर प्रमुख सबु तामाङ्गको उपस्थिती रहेको थियो ।







Comments