नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सबको अवसरमा बृक्षाराेपण

अारपि उपाध्या त्रिवेणी 

 

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सबको अवसरमा ईलाका प्रहरी कार्यालय त्रिवेणी पुर्वी नवलपरासीको आयोजनामा कार्यालय बाउन्ड्री भित्र वृक्षाराेपण गरिएको छ । 

"वातावरण बचाऔ , हरियाली बढाऔ" भन्ने मुल उदेश्यका साथ वृक्षाराेपण गरिएको हो । वृक्षाराेपण कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख एवं वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर बिष्टले कार्यालय परिसरको सुन्दरता बनाउनुका साथै हरियाली बढाउने  कार्यमा वृक्षाराेपण फलदायी रहने बताउदै शान्ती सुरक्षा कार्यलाई भरपर्दो र विश्वसनीय रुपमा अगाडि बढाउने कार्यमा प्रहरी जनशक्ति कृयाशिल रहेको धारणा राख्नु भयो । 

सो अवसरमा विनयी त्रिवेणी ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले वृक्षाराेपण कार्यको शुभारम्भ गर्दै लगाइएको बिरुवालाई संरक्षण गर्नु सबैको कर्तब्य रहेको बिचार व्यक्त गर्नुभयो । 

वृक्षारोपण कार्यक्रममा वार्ड न. ७ का वार्ड अध्यक्ष उमेश कार्की लगायत वार्ड न. ६ र ७ का वडा सदस्यहरुको उपस्थिति रहेको थियो । 

नारायणी नदिको किनार स्थित ईलाका  प्रहरी कार्यालय त्रिवेणीको परिसरमा लगाइएको बिरुवाबाट वृक्षाराेपणको सन्देश ग्रामीण तहसम्म फैलिने तथा बिरुवा लगाउन सचेतना बढ्ने बिश्वास गरिएको छ । प्रहरी परिसरमा लगाइएको बिरुवाहरुमा आँप. लिची कटहर लगायत ५० को संख्या मा बिरुवा रहेको ईलाका  प्रहरी कार्यालय त्रिवेणीले जानकारी दिएको छ ।

Comments