नारायण युवा क्लब तानसेन पाल्पाकाे अध्यक्षमा शाक्य
सन्ताेष गहतराज साउन २०
पाल्पा-नारायण युवा क्लब तानसेन पाल्पाकाे अध्यक्षमा प्रविन राज शाक्य चयन हुनुभएको छ । शनिबार २६ औँ वार्षिकोत्सब तथा १३ औं अधिवेशबाट शाक्य अध्यक्षमा चयन हुनु भएको हाे । पाल्पा जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको क्लबले बिशेष त जिल्लाकाे शिक्षा,स्वास्थ्य र सस्कृतिकाे संरक्षण प्रचार प्रसारमा जाेड दिदै आएकाे छ ।
जस्काे उपाध्यक्षमा सुनिल कुमार बुद्वाचार्य,सचिवमा बिनायक महर्जन,काेषाध्यक्षमा बिष्णु श्रेष्ठ,सहसचिवमा अर्विन्द्र काजी शाक्य,सहकाेषाध्यक्षमा सतिस राज शाक्य,सदस्यहरूमा बिबेक काजी शाक्य,बिनाेद भारती,अमित महर्जन,बन्दना राना,रमेश रजक,अजिता महर्जन,एविन श्रेष्ठ,निटेश शेखर बज्राचार्य,अर्चना खडका,दिपु दर्शन बज्राचार्य चयन भएका छन ।
निर्वाचित अध्यक्ष शाक्यले जिल्लाकाे शिक्षा,स्वास्थ्य,कला सस्कृतिक संरक्षण एवम युवाहरूलाई राेजगारीसँग जाेड्ने गरि सामाजिक कार्यलाई अगाडि बढाउने बताए ।







Comments