नारायण युवा क्लब तानसेन पाल्पाकाे २६ औँ वार्षिकोत्सब सम्पन्न
सन्ताेष गहतराज साउन २०
पाल्पा-नारायण युवा क्लब तानसेन पाल्पाकाे २६ औँ वार्षिकोत्सब तथा १३ औं अधिवेशन सम्पन्न भएको छ । जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको क्लबले बिशेष त जिल्लाकाे शिक्षा,स्वास्थ्य लगाएत सस्कृतिकाे संरक्षण जाेड दिएर कार्य गर्दै आएकाे छ । शनिबार अमर नारायण फुलबारी,कभर्डहल भएको कार्यक्रमकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले उद्घाटन गर्नु भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले जिल्लाकाे स्वास्थ्य,शिक्षा,खेलकुद र सस्कृतिकाे संरक्षणमा क्लबले देखाएको सकृयता प्रशंसालायक रहेको बताए । क्लब आगामी दिनमा सामाजिक उत्तरदायित्वलाई केन्द्र बिन्दुमा राखेर सामाजिक कार्यमा अग्रसर हुन आर्गह गर्दै क्लबसँग नगर सरकारले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
क्लबकाे वार्षिकोत्सबकाे अवसरमा नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले सामाजिक सञ्जाल मार्फत क्लबकाे उत्तर उत्तर प्रगतीकाे शुभकामना व्यक्त गरेका छन । क्लबले स्थापना काल देखि जिल्लाकाे सामाजिक,शिक्षा,स्वास्थ्य खेलकुद र कला सस्कृतिक संरक्षण र सवर्धनलाई केन्द्रमा राखी सामाजिक कार्य गरिरहेकाे र आगामी दिनमा अझ रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन क्लबका पदाधिकारीहरूलाई आग्रह गरेका छन ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवम वडा अध्यक्ष महेश्वर श्रेष्ठले क्लबकाे वि स २०५४ सालमा फुटबल खेल्नु क्रममा स्थापना गरिएको बताए । क्लबले विगतकाे बर्ष रजत जयन्ती सप्ताहाव्यापी कार्यक्रम गरि मनाउन सफल भएकोमा खुशी व्यक्त गरि क्लबसँग वडा सरकारले हातमालाे गेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रमका क्लबका सल्लाहकार नारायण काेइराला,युवराज पाैडेल,बरूण रेग्मी,सकुन्तला बज्राचार्य लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबका सचिव विनायक महर्जनले सचिवकाे प्रतिवेदन पेश गरेका थिए । भने क्लबका काेषाध्यक्ष सुनिल बुद्वाचार्यले ५ लाख ८२ हजार बराबरको अार्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । कार्यक्रम क्लबका अध्यक्ष किशाेर दर्शन बज्राचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।







Comments