महाराजगन्ज ५ काे सिसवा र उदयपुर जाने मुख्य सडककाे अवस्था

 

 

धनी राम काेरी

महाराजगन्ज , साउन १ 

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ५ काे  सिसवा बाट उदयपुर जाने मुख्य सडक काे अवस्था धेरै नराम्रो रहेको छ । पानी पर्दा हिलाे र पानी नपर्दा धुलाे हुने अवस्थामा छ । केहि दिन अगाडि पानी पारेको थियो  त्यसपछि अावात जावात गर्न स्थानीयलाई समस्या भइरहेको छ । 

 

सिसवा देखि उदयपुर गाउँमा जाने मुख्य सडक रहेको कारणले गाउँ बाटा निस्कासन काे लागि धेरै साेचेर जानू पर्छ । त्यहीँ सडक बाट विद्यार्थीहरु पढ्न जाने , कर्मचारी र स्थानीयहरु बाध्य भएर अाउने जाने गरेको कुरा स्थानीय गहेन्द्र राज शुक्लाले जानकारी दिनुभयो । उनी भने कि महाराजगन्ज नगरपालिका किचड मुक्त भइसकेको छ यसकाे उदाहरण सिसवा र उदयपुर बिचकाे सडकले बताइ रहेको छ । 

 

महाराजगन्ज नगरपालिकाले सिसवा र उदयपुर गाउँ काे बिचमा कञ्चनीय नदीमा नमुना झुलाङ्गे पुल निमार्ण गरेको छ पुलमा  अावात जावाच गर्नका लागि सडक बनेको छैन यस विषयमा वडा र नगरपालिकाकाे ध्यान जान जरुरी रहेको स्थानीय सुजित यादवले जानकारी दिनुभयो । 

 

महाराजगन्ज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मीलाई पटकपटक फाेन लगाउदा फाेन उठेन ।

Comments