उपचार नपाएर क्यान्सर पिडित छटपटाईरहेका छन ,अार्थिक सहयाेग गरिदिन परिवारले गरे सबैमाअाग्रह

 

 
 
नन्दु यादव नवलपरासी असार ३१
 
 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनीकाे याे परिवारकाे घाउमा मलहम लगाउन जरुरी छ ।बुवा सुवाष र अामा प्रमिला काेहार काे काेखबाट जन्म लिएका २ छाेरा काे परिवार मा अहिले बज्रपात परेकाे छ ।दैवले यसरी पीडा कसैकाे घरपिरवारमा नहाेस ।असार महिनामा कान्छाे छाेरा १२बर्षिय अमर काेहारकाे घाटिबाट पानी अाउदा चेकजाँच गर्ने क्रममा क्यान्सर पुष्टि भयाे तेसपछि उपचार सुरु भयाे।तेस लगतै त्याे परिवारमा रुखबाट खसेर अर्काे ठुलाे छाेरा१४बर्षिय विशाल काेहारकाे  काे दुबै हात भाचियाे  दुबै छाेराकाे समस्या देखेर असार १९गते ४०बर्षिय बुवा सुबाष काेहारकाे अचानक हेेड टेकबाट मृत्यु भयाे ।छाेराहरु काे समस्या खेप्न नसकेर अकालमै बुवाले ज्यान गुमाउन पर्याे। अब श्रिमान गुमाउदा र छाेराहरुकाे याे हालत  देख्दा अामा बेहाल अवस्था मा छिन ।दैबले अहिले त्याे घरमा पिडाकाे हावाहुरी चलाएका छन ।अब एक अामाले श्रीमान गुमाउदा र दुई छाेराहरुकाे याे पिडाबाट मुक्ति कसरी पाउलिन साेच्न पनि नसक्ने अवस्था छ ।अहिले परिवार र छरछिमेकमा अाखाबाट अाशुहरुकाे भेल बगिरहेकाे छ ।ठुलाे छाेराकाे दुबै हात प्लास्टर भएकाे छ भने क्यानसर पिडित कान्छाे अमर उपचार खर्च नपाएर तड्पिरहेका छन । अमर काेहारकाे परिवारले उपचारका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन । उपचार गर्ने पैसाको अभावमा क्यान्सर पालेर वस्नु पर्ने अवस्था भएको र घरमा भएको आर्थिक स्रोत सवै सकिएकाेले उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन ।  पिडित काेहार क्यान्सरको उपचार गराई रहेकाले परिवारको आर्थिक स्रोतले थप उपचार गर्न नसक्ने भए पछि  सहयोगको अपिल गरेका छन । क्यान्सर पिडीत अमरलाईलाई आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारमा समस्या भएपछि सहयोगका लागि हार गुहार गरेका छन । उनकाे परिवारले विभिन्न सहयोगि निकाय, ब्यक्ति र संघ संस्थालाइ सहयाेग गर्न अनुराेध गरेका छन। त्यतिबेला घाटिबाट पानी अाउने समस्या बढ्यो भनेर बुटवलकाे हस्पिटलमा चेकजाँच गर्दा  क्यान्सर पुष्टी भयो । राम्रो संग उच्च शिक्षा पढ्ने र आमाको सपना पुरा गर्ने उनको धोको छ । भएको आर्थिक सवै क्यान्सरको उपचारमा सकिए पछि परिवारलाई पनि समस्या भएको छ ।
 
बुटवलकाे हस्पिटलमा चेकजाँच गर्दा क्यान्सर पुष्टी भएका उनलाई त्यहाँ उपचार सम्भव नभए पछि चितवनको वीपी कोइराला मेमोरीएल क्यान्सर हस्पिटलमा थप उपचारका लागि रिफर गरिए पनि अार्थिक अभावका कारण अहिले घरमै रहेका छन । उनको अहिले दुई दाजुभाई र अामा गरि ३ जनाको परिवार छ । घरमा कमाउने कोही छैन, न्युन आयश्रोत भएका कारण उनको पारिवारिक अवस्था कमजोर भएको छ ।
 
आर्थिक अवस्था कमजोर परिवारको म अहिले ऋण गरेर उपचार गरीरहेको छु उनकाे अामाले भनिन । छाेरालाई सन्चो भए पछि त म ऋण चुक्ता गरुला अामाले बताईन । घरमा रोजगारी कोही छैन,परिवारलाई खान, लगाउनको व्यवस्थापन गर्न कठिन छ  ।
 
१२ वर्षिय अमरकाे अामाले आफ्नो छाेराकाे उपचारमा सानो भए पनि सहयोग गरिदिन नवलपरासीवासी लगायत सवैलाई अनुरोध गरेकी छन । उनले भनिन असम्भव के नै छ र हजुरहरुको सानो सहयोगले मलाई ठुलो राहत हुनेछ अाज प्रतापपुर अायुर्बेद शाखाका प्रमुख दिनबन्धु मिश्राले ५हजार सहयाेग गर्नुभएकाे छ।साथै विभिन्न सघ सस्थाबाट सहयाेग कार्य भईरहेकाे छ । कृपया सहयोग गर्नुहोला भन्दै सहजताका लागि अामाकाे माेबाईल नम्बर  ९८६०६७८५२२मा सम्पर्क गर्न सकिनेछ ।

Comments