विहादीका कृषकले उत्पादन गरेको सामान काे छिट्टैनै बजारीकरण गरिने गाउँपालिका:उपाध्यक्ष मिना शर्मा तिवारी

 

 

अमृत भट्टराई , पर्वत ।

पर्वतको विहादी गाउँपालिकाकी गाउँपालिका उपाध्यक्ष  मिना शर्मा तिवारीले कृषि क्षेत्र दिदीबहिनीहरु को आयआर्जन को मुख्य स्रोत नै  बनेको र  किसानले उत्पादन गरेको एक किलो तरकारी पनि खेरा जान नदिइ पालिकाले  बेच्ने प्रक्रिया छिटै अगाडि बढाइने उहाले बताउनु भयो । यो वर्ष भित्र कृषि एम्बुलेन्स ल्याउने प्रक्रिया अगाडि बढाएको र हरेक वडामा एक कृषि चिसियान केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडि सारेको र जर्सी गाइ वा मुर्रा भैंसी पालेमा गाउँपालिका बाट २० हजार अनुदान दिने कार्यक्रम रहेको  उपाध्यक्ष तिवारीले बताउनु भयो । गाउँपालिका का विभिन्न ठाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्ने का लागि संकलन केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याउने प्रक्रियामा लागेको समेत वहाँले बताउनु भयो ।

पर्वतको रानीपानीमा गोलभेडा बालिमा सञ्चालित उद्यमशील आई. पि.एस कृषक पाठशाला समापन कार्यक्रममा शुभकामना दिदै तिवारीले भन्नुभयो 

कृषकलाई लक्षित गरि कृषकको २५ प्रतिशत र बाकी ७५% गाउँपालिकाको अनुदानमा गोम्स टनेल दिने कार्यक्रम समेत अगाडि बढाइरहेको उपाध्यक्ष तिवारीले

बताउनु भयो विहादीको विकासको मुख्य स्रोत भनेकै कृषि रहेको वहाँले बताउनुभयो ।

Comments