पर्वतको रानीपानीमा गोलभेडा बालिमा सञ्चालित उद्यमशील आई. पि.एस कृषक पाठशाला कार्यक्रम सम्पन्न

 

 

 

 

अमृत भट्टराई ,पर्वत ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा

गोलभेडा बालिमा सञ्चालित उद्यमशील आई. पि.एस कृषक पाठशाला कार्यक्रम बुधबार एक कार्यक्रमका साथ  सम्पन्न भएको छ । 

कार्यक्रमको प्रमुख अतिथि विहादी गाउँपालिका का अध्यक्ष परविन गुरुङ रहनुभएको कार्यक्रमको

विशिष्ट अतिथि विहादी गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारी रहनुभएको थियो भने अतिथिहरुमा विहादी गाउँपालिका वडा नम्बर ३ रानिपानीका वडा अध्यक्ष गणेश पराजुली वडा नम्बर ४ वहाकीका वडा अध्यक्ष विष्णुप्रसाद भुसाल  अन्य जनप्रतिनिधि , शिक्षक ,कर्मचारी ,विभिन्न पार्टीका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियोे ।

गोलभेडा बालिमा सञ्चालित उद्यमशील आई. पि.एस कृषक पाठशाला कार्यक्रम को तालिम विहादीका कृषक अगुवा कृषक सहज कर्ता  ऋषिराम भुसालले दिनुभएको थियो । भुसालले समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लाई गाउँपालिका बाट आगामी दिनमा पनि कृषकलाई आवश्यक पर्ने विभिन्न कृषि मुलक  कार्यक्रम दिन आग्रह गर्नु भयो । 

 

कृषक दिवस समापन कार्यक्रममा शुभकामना दिदै विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले भने गाउँपालिका ले २०८०/८१ को निति तथा कार्ययोजनामा  किसानलाई लक्षित ल्याएको र सबै किसान कृषकलाई सेवा लिन आग्रह गरे ।

समापन कार्यक्रममा शुभकामना दिदै 

पर्वतको विहादी गाउँपालिकाकी गाउँपालिका उपाध्यक्ष  मिना शर्मा तिवारीले कृषि क्षेत्र दिदीबहिनीहरु को आयआर्जन को मुख्य स्रोत नै  बनेको र  किसानले उत्पादन गरेको एक किलो तरकारी पनि खेरा जान नदिइ पालिकाले  बेच्ने प्रक्रिया छिटै अगाडि बढाइने उहाले बताउनु भयो । यो वर्ष भित्र कृषि एम्बुलेन्स ल्याउने प्रक्रिया अगाडि बढाएको र हरेक वडामा एक कृषि चिसियान केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडि सारेको र जर्सी गाइ वा मुर्रा भैंसी पालेमा गाउँपालिका बाट २० हजार अनुदान दिने कार्यक्रम रहेको  उपाध्यक्ष तिवारीले बताउनु भयो । गाउँपालिका का विभिन्न ठाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्ने का लागि संकलन केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याउने प्रक्रियामा लागेको समेत वहाँले बताउनु भयो । 

कृषकलाई लक्षित गरि कृषकको २५ प्रतिशत र बाकी ७५% गाउँपालिकाको अनुदानमा गोम्स टनेल दिने कार्यक्रम समेत अगाडि बढाइरहेको उपाध्यक्ष तिवारीले बताउनु भयो विहादीको विकासको मुख्य स्रोत भनेकै कृषि रहेको वहाँले बताउनुभयो । 

कार्यक्रमको सञ्चालन कृषक कविता ढकालले गर्नुभएको थियो भने कार्यक्रममा गोलभेडाको माल बनाएर गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्ष लाई लगाएको थियो ।

कार्यक्रममा २५ जना तालिम लिएका कृषकलाई गाउँपालिका अध्यक्ष , उपाध्यक्ष ,वडा अध्यक्ष लगायतले टीका लगाएर  प्रमाणपत्र  हस्तान्तरण गर्नुभएको थियो ।

Comments