पर्वतमा गोलभेडा बालिमा सञ्चालित एकीकृत शत्रुजिव व्यवस्थापन (ipm) कार्यक्रम सम्पन्न।
अमृत भट्टराई ,पर्वत ।
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा
गोलभेडा बालिमा सञ्चालित एकीकृत शत्रुजिव व्यवस्थापन (ipm) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि विहादी गाउँपालिका का अध्यक्ष परविन गुरुङ रहनुभएको कार्यक्रमको
विशिष्ट अतिथि विहादी गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारी रहनुभएको थियो भने अतिथिहरुमा विहादी गाउँपालिका वडा नम्बर २ वर्राचौरका वडा अध्यक्ष अन्य जनप्रतिनिधि , शिक्षक ,कर्मचारी ,विभिन्न पार्टीका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियोे ।
गोलभेडा बालिमा सञ्चालित एकीकृत शत्रुजिव व्यवस्थापन (ipm) कार्यक्रमको आर्थिक सहयोग विहादी गाउँ पालिकाले गरेको थियो भने गोलभेडा बालिमा सञ्चालित एकीकृत शत्रुजिव व्यवस्थापन (ipm) कार्यक्रम कार्यक्रम ७९/ १० /११ देखि २०८०/२/२७ सम्म सञ्चालन भएको थियो ।
१६ हप्ते गोलभेडा बालिमा सञ्चालित एकीकृत शत्रुजिव व्यवस्थापन (ipm) कार्यक्रम को तालिम विहादीका कृषक अगुवा कृषक सहज कर्ता ऋषिराम भुसालले दिनुभएको थियो । भुसालले समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लाई गाउँपालिका बाट कार्यक्रम दिएर मात्र नभइ अनुगमन गर्ने समेत आग्रह गर्नुभएको थियो ।
कृषक दिवस समापन कार्यक्रममा शुभकामना दिदै विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले भने तालिम सिकेपछि प्रमाणपत्र मात्र लिएर नबस्न आग्रह गर्दै गाउँ घरमा नै विभिन्न किसिमका तरकारी लगाउन र त्यो तरकारी को बजार व्यवस्थापन गाउँपालिकाले गरिदिने बताए ।
समापन कार्यक्रममा शुभकामना दिदै गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले भन्नुभयो कृषि क्षेत्र
दिदीबहिनीहरु को आयआर्जन को मुख्य स्रोत नै बनेको र किसानले उत्पादन गरेको एक किलो तरकारी पनि खेरा जान नदिइ पालिकाले बेच्ने प्रक्रिया छिटै अगाडि बढाइने उहाले बताउनु भयो । यो वर्ष भित्र कृषि एम्बुलेन्स ल्याउने प्रक्रिया अगाडि बढाएको र हरेक वडामा एक कृषि चिसियान केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडि सारेको र जर्सी गाइ वा मुर्रा भैंसी पालेमा गाउँपालिका बाट २० हजार समेत दिइने उपाध्यक्ष तिवारीले बताउनु भयो ।
कार्यक्रमको सञ्चालन कृषक सारदा शर्मा गिरिले गर्नुभएको थियो भने कार्यक्रममा गोलभेडाको माल बनाएर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लाई लगाएको थियो ।
कार्यक्रममा ५२ जना तालिम लिएका कृषकलाई प्रमाणपत्र वितरण गरिएको थियो । भने तरकारी मा जथाभावी विषादी सेवनबाट मानिस मा हुने स्वास्थ्य समस्याको बारेमा जनचेतनामूलक नाटक समेत देखाइएको थियो ।







Comments