व्यवसायीक केश तथा सुन्दरता सम्बन्धि कार्यक्रम सम्पन्न
नवलपरासी असार ९
बिदेशमा होइन, स्वदेशमै केही गरौं "भन्ने मुलनाराका साथ वेरोजगार महिला तथा युवतीलाई स्वरोजगार बनी आत्मनिर्भर बनाउनका लागि फेसन व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले अभियानको रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरि समापन गरेेको छ । नवलपरासीको त्रिवेणी रिसोर्ट मा जेष्ठ २४ गते देखि ३१ गते सम्म , विश्राम वाटिका मणिग्राम रुपन्देही असार १ गते देखि ७ गते स्वरोजगार बन्न चाहने महिलाहरुलाई लक्षित गरि व्युटीसियन सम्बन्धि तालिम सम्पन्न गरेको छ । सोही अवधिमा विभिन्न प्रतिनिधित्व गरी व्युटि पार्लर व्यवसाय गरेका तथा तालिम पश्चात् सो व्यवसाय गरि स्वरोजगार बन्न चाहाने महिलाहरुलाई लक्षित गरि करिब ३०० जना महिलाहरुलाई केश श्रृङ्गार तथा सुन्दरता कार्यशाला कक्षा, प्रेरेणादायिक शिक्षा , व्युटीसियन व्यवसाय दिगो शिक्षा , व्युटीसियन व्यवसाय सम्बन्धि प्रारम्भिक शिक्षा समेत प्रदान गरिएको थियो । काठमाडौं तथा भारतका मुख्य मुख्य शहरमा गई दुख कष्ट संग प्राप्त गर्न सकिने तालिम आफनै क्षेत्रमा पाउँदा अत्यन्तै उत्साहित सहभागी महिलाहरुले तालिमले हामीलाई व्युटीपार्लर व्यवसाय प्रतिको नकारात्मक सोच तथा सानो भएपनि सीप अनुसारको व्यवसाय सञ्चालन गर्नुपर्ने रहेछ प्रेरणा प्राप्त भएको बताएका थिए । मुलुकमा रोजगारीको हक संवैधानिक रुपमा सुनिश्चिता दिइएपछि रोजगारीमुखी तालिम तथा व्यवसायीक स्थिरता सम्बन्धि गोष्ठी तथा सेमिनारहरू सञ्चालन गर्नुपर्ने अपरिहार्यता संगै कार्यक्रमले विदेशमा होइन , स्वदेश मै केही गरौ भन्ने सोचको विकास गरेको सहभागीहरुले बताएका थिए । कार्यक्रम अवधिभरी काठमाडौंका बरिष्ट व्युटीसियन गिता गिरि, स्मिता शर्मा आ.सि.ए.ल ईन्स्टिच्युट भारत, केश श्रृङ्गार सम्बन्धि मुख्य प्रशिक्षक बिनय कुमार भारत र व्युटीसियन गिता शर्माले प्रशिक्षण दिनुभएको थियोे । अभियानको असार ८ गते समापन भएको थियो भने कार्यक्रम तालिममा सहभागीलाई प्रमाणपत्र वितरण थियो साथै कार्यक्रमलाई फेसन व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को प्रमुख निर्देशक गिता शर्मा ढकालको संयोजन तथा टिम्मर होम नेपाल प्रा.लि का निर्देशक पुकार ढकाल सहयोग गरेका थिए ।







Comments