स्वदेशी सामानकाे प्रयाेग गराै,देशकाे अर्थतन्त्र बलियाे बनाउनमा सहयाेग गराै :प्रमुख पाेख्रेल

नन्दु यादव चैत १५
 
देशमै उत्पादन गरि देशकै सामान काे प्रयाेग गरि देशकाे अर्थतन्त्र मा सहयाेग पुर्याउनु हामी सबै नेपालीकाे कर्तब्य रहेकाे एनअाईसी एशिया बैक कर्णाली प्रदेशका प्रमुख राजन पाेख्रेल ले बताउनु भएकाे छ ।अामनागरिकले स्वदेशमा उत्पादन गरि अथवा स्वदेशमै उत्पादन भएका सामानहरु हामी नेपालीले प्रयाेग गर्न बानि बसाल्नुपर्ने कुरामा वहाले जाेडदिनु भएकाे हाे । वहाले पाल्पाकाे ढाका टाेपि ,जुम्लाकाे स्याउ,ईलामकाे चिया लगायत धेरै बस्तु बारे उदाहरण दिदै स्वदेसी उत्पादन प्रयाेग गर्नुपर्ने कुरामा जाेडदिनु भयाे ।सबै सामान बिदेशकाे भर पर्दा देशकाे अर्थतन्त्र धारासाही हुँदै गएकाे समेत बताउनु भयाे ।अब अामनागरिकमा याे कुराबारे जानकारी गराउदै देशकाे अर्थतन्त्र बारे साेच्नु पर्ने समय अाएकाे वहाले चिन्ता ब्यक्त गर्नु भयाे।बाहिरि देशबाट अायात मात्रै बढि भएकाेले भबिस्यमा देशकाे अर्थतन्त्र ले धान्न नसकिने बताउनु भयाे।राज्यले स्वदेशी सामानकाे प्रयाेग गर्नुपर्ने बारे नीति तत्काल ल्याउने पर्ने अवस्था रहेकाे बताईएकाे छ ।विभिन्न रेडियाे टेलिभिजन ,पत्रपत्रिका लगायतकाे माध्यम बाट स्वदेशी सामानाकाे प्रयाेग बारे सुचना जारि गर्नु पर्ने अावश्यकता रहेकाे बताईएकाे छ।साथै एन अाईसी एशिया बैंकिङ क्षेत्रमा तीब्ररुपमा प्रगति गर्न सफल भएको छ।

Comments